IME Life New

दराजद्वारा ५.५, बिग समर सेलको घोषणा ! कुल डिल्स्, हट छुट र बृहत्त बचतका अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ । यस सेल मार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर नै पस्केको छ । दराज ५.५, बिग समर सेल, वैशाख २१ (मे ४)को बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुने छ ।

यस अवधि भर ग्राहकहरूले ८०% सम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी, तथा रु. ५५ लाख बराबरका भौचरहरू प्राप्त गर्न सक्नु हुनेछन् । अवसरको बहार नै बोकेर आफ्ना उपभोक्ता समक्ष दराजद्वारा सार्वजनिक यस सेलले गर्मीको समयमा उत्कृष्ट किनमेलको अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।

Esewa
Crest

दराजद्वारा आफ्ना उपभोक्तालाई अझ उत्साहजनक शपिंग अनुभव प्रदान गर्न समय समयमा सार्वजनिक हुँदै आएका विभिन्न सेलमा जस्तै यसमा पनि अझ उत्साह थप्दै, विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन् । ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फ बाट १५% सम्म, गोल्ड पार्टनर्स ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका तफ बाट ६०% सम्म, तथा सिल्भर पार्टनर्स ¥होतो, नुलाइट र एमडब्ल्यूसीका तफ बाट ७०% सम्मको छुट पाउन सक्नु हुनेछन् । साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नु हुनेछन् । यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दावी छ ।

ग्राहकहरूले आफ्ना एच्छित सामग्रीहरुमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न “बेस्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुनेछ । यस आधारमा यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन यहाँ निर्धारित भन्दा कम मूल्यमा भेट्टाउनु भएमा, योग्यताको सर्त अनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । यसले ग्राहकहरूलाई अझ विश्वस्त रूपमा किनमेल गर्न सहयोग पु¥याउने कम्पनीको दावी छ ।

दराज ५.५, बिग समर सेलको यस संस्करण अन्तर्गत, ग्राहकहरूले हल्का र स्टाइलिश फेशन सामग्रीदेखि घरलाई गर्मीअनुकूल बनाउन आवश्यक वस्तुहरू, स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरुमा समेत आकर्षक अफरहरू पाउन सक्नेछन् ।

सहज एप अनुभव, आकर्षक अफरहरू र अतुलनीय सुविधासहित, दराज नेपालले सबैलाई यो गर्मीमा घरमै बसेर किनमेलको आनन्द लिन र उत्कृष्ट बचतको अवसर उपयोग गर्न आमन्त्रण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS