IME Life New

एलजी इलेक्ट्रोनिक्सको वासटावर विश्वभर ३.२ मिलियन युनिट बिक्री गर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलजी इलेक्ट्र्रोनिक्सले विश्वभर ३.२ मिलियनभन्दा बढी LG WashTower™ युनिट बिक्री गर्न सफल भएको छ। यो उपलब्धिले कम्पनीको स्थान-बचत र ऊर्जा-दक्ष धुलाई समाधानप्रति विश्वव्यापी माग निरन्तर बढिरहेको देखाउँछ। LG WashTower™ ले एकीकृत (one-body) डिजाइनका साथै AI DD™ र DUAL Inverter HeatPump™ जस्ता उन्नत प्रविधिहरू समेटेको छ।

विश्वभरका उपभोक्ताको विश्वास
सन् २०२० मा पहिलोपटक सार्वजनिक गरिएको LG WashTower™ हाल ७७ देशमा उपलब्ध छ। उत्तर अमेरिकामा १.६ मिलियनभन्दा बढी, ल्याटिन अमेरिकामा १.६ लाख र एशियामा १.३ लाख युनिट बिक्री भइसकेको छ। यसले प्रयोगकर्ताहरूले सुविधा, स्थान बचत र ऊर्जा दक्षतामा जोड दिने प्रवृत्ति बढ्दै गएको देखाउँछ।

Esewa
Crest

AI उन्नत प्रविधिबाट थप सुविधा
LG WashTower™ मा रहेको AI DD™ प्रविधिले कपडाको तौल, प्रकार र फोहोरको स्तर पहिचान गरी उपयुक्त धुने प्रक्रिया चयन गर्छ, जसले कपडाको हानि कम गर्दै राम्रो सफाइ सुनिश्चित गर्छ। DUAL Inverter HeatPump™ प्रविधिले कम तापक्रममा सुकाउने सुविधा प्रदान गर्छ, जसले कपडा र लिनेनलाई सुरक्षित राख्छ।

साथै AI Wash, Smart Pairing™ (वाशर र ड्रायरबीच समन्वय गरेर उपयुक्त सुकाउने मोड स्वतः चयन गर्ने) र Prepare to Dry (धुने प्रक्रिया सकिनु अघि नै ड्रायर तताउने) जस्ता सुविधाहरूले प्रयोगलाई अझ सहज बनाउँछन्।

विविध आवश्यकताका लागि नयाँ समाधानहरू
एलजीले ग्राहकहरूको बदलिँदो जीवनशैलीअनुसार नयाँ मोडेल, AI सुविधाहरू र विभिन्न रंग विकल्पहरू ल्याउने योजना बनाएको छ, जसले विभिन्न आवश्यकता र स्थानअनुसार विकल्प प्रदान गर्नेछ।

यो उपलब्धि मनाउन एलजीले दक्षिण कोरियामा विशेष प्रचारात्मक कार्यक्रमहरू आयोजना गर्नेछ भने यस्ता कार्यक्रमहरू अन्य देशहरूमा पनि गर्ने योजना छ।

एलजी होम एप्लायन्स सोलुसन कम्पनीका अध्यक्ष बेक सुङ-ताएका अनुसार, LG WashTower™ ले कम्पनीका उन्नत प्रविधि र AI प्रयोग गरी विश्वभरका ग्राहकलाई थप सहज कपडा हेरचाह अनुभव प्रदान गरेको छ, र भविष्यमा पनि ग्राहकको विश्वास जित्ने लक्ष्य राखिएको छ।

सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक हो, जसले देशभर गुणस्तरीय उत्पादन तथा भरपर्दो बिक्रीपश्चात सेवा प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS