काठमाडौं । नेपाल सरकारले बीमा ऐन २०७९ मा अध्यादेशमार्फत् संशोधन जारी गर्दै नेपाल बीमा प्राधिकरणको सञ्चालकहरूमध्ये अध्यक्ष बाहेक अन्य सदस्यहरू छानबिनमा पर्दैमा निलम्बन नहुने प्रावधान ल्याएको छ।
सरकारले बीमा ऐन २०७९ को दफा १२ मा दफा (१) र (२) रहेको अध्यक्ष वा सदस्य भन्ने शब्दहरूको सट्टा अध्यादेशमार्फत् संशोधन गरेर अध्यक्ष भन्ने शब्द मात्र राखेको छ। संशोधन अघि बीमा ऐन २०७९ को दफामा अध्यक्ष वा सदस्यविरूद्ध छानबिनका लागि छानबिन समिति गठन भएपछि छानबिनको अवधि समाप्त नभएसम्म त्यस्तो व्यक्ति स्वतः निलम्बन हुने प्रावधान थियो। अब अध्यक्ष मात्र राखिएकाले छानबिन समिति गठन भएकै अाधारमा सञ्चालक सदस्य निलम्बन हुनेछैनन् , सञ्चालक समितिमा रहेर काम गर्न पाउनेछन् ।
ऐन संशोधनसँगै अध्यक्षलाइ अब पदमुक्त गर्नका लागि सरकारले छानबिन समिति गठन गरेमा छानबिनको अवधि समाप्त नभएसम्म मात्र निलम्बनमा पर्नेछन्। बाँकी सदस्यलाइ यो व्यवस्थाबाट उन्मुक्ति मिलेको छ।












