IME Life New

धितोपत्र बोर्डको अध्यक्ष बन्न ४७ जनाको आवेदन, को-को छन् उम्मेदवार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि करिब ४ दर्जन आवेदन परेका छन्। अर्थ मन्त्रालयका अनुसार आज साँझ ५ बजेसम्म ४७ जनाले अध्यक्ष बन्न आवेदन दिएका हुन्।

मन्त्रालयद्वारा गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजनमा रहेको सिफारिस समितिको सचिवालयमा आज साँझ ५ बजेसम्म आवेदन दिने म्याद रहेको थियो। समितिले गत वैशाख १५ गते ७ दिनको समय दिएर आवेदन खुला गरेको थियो।

Esewa
Crest

अर्थ स्रोतका अनुसार विभिन्न क्षेत्रमा अनुभव बटुलेका पेसेवरहरु धितोपत्र बोर्डको अध्यक्ष बन्न आकांक्षी देखिएका छन्। ‘विगतमा धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त हुने व्यक्ति राजनीतिक दलको भागबन्डाका आधारमा हुने गरेको थियो’, स्रोतले भन्यो, ‘यसपालि भने फरक महौल देखिएको छ। राजनीतिक पृष्ठभूमि इतरका थुप्रै पेसेवर व्यक्तिले अध्यक्ष पदमा दरखास्त पेस गरेका छन्।’

स्रोतका अनुसार अध्यक्ष पदमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्य र पूर्वकार्यकारी निर्देशक डा नवराज अधिकारीले आवेदन दिएका छन्। बाँकी उम्मेदवार पुँजीबजार बुझेका पुरुषोत्तमराज चिमोरिया, नेपाल राष्ट्र बैंकका पूर्वअधिकारी गोपाल भट्ट तथा मर्चेन्ट बैंक, वित्तीय संस्था र विभिन्न नियामक निकायमा काम गरेको अनुभव बटुलेका व्यक्ति छन्।

अर्थ मन्त्रालयले छिट्टै आकांक्षी उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS