IME Life New

महासंघको ६० वर्षको यात्रा विगतको सम्झना होइन, भावी पुस्ताका लागि प्रेरणाः अध्यक्ष ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको ६० वर्षको यात्रा केवल विगतको सम्झना होइन, भावी पुस्ताका लागि प्रेरणा हुने बताएका छन् । उनले नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै यस्तो बताएका हुन् ।

उनले भने, मलाई लाग्छ महासंघको ६० वर्षको यात्रा केवल विगतको सम्झना मात्र होइन, भावी पुस्ताका लागि प्रेरणा पनि हो । जहाँ प्रत्येक वर्ष यसैगरी थपिँदै गएको इट्टाले थप सुदृढ, आत्मनिर्भर र समृद्ध नेपालको जग अझ बलियो बनाउँदै लगेको छ । यस अवधिमा हामीले विविध चुनौतिलाई अवसरमा बदल्ने प्रयत्न गर्यौँ। नयाँ अवसरहरुको खोजी गयौँ। निराशालाई चिर्ने प्रयास पनि गर्यौ । धेरैमा हामी सफल पनि भयौँ ।’

Esewa
Crest

उनले भने, नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केवल बर्षको गणना मात्र होइन, यो त मुलुकको आर्थिक इतिहासमा एक–एक गरेर थपिँदै गएका दृढ संकल्प, संघर्ष र साझेदारिताका सुनौला इटाहरु पनि हुन् । जसको माध्यमबाट देशको आर्थिक मेरुदण्डलाई मजबुत बनाउँदै राष्ट्रिय समृद्धिको सुनौलो घर निर्माणमा योगदान पुगेको छ ।’

मुलुकका समग्र व्यवसायीहरुको यो छाता संस्थाले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउँदै उद्योग, व्यापार र लगानीको वातावरण सिर्जना गर्न अथक प्रयास गरेको उनले बताएका छन् । यसैबीच उनले थपे, हिजोका कठिन परिस्थितिहरू, समय समयका राजनीतिक अस्थिरता र दैवी प्रकोप, आन्तरिक तथा बाह्य परिस्थितिका कारण उत्पन्न भएका आर्थिक चुनौतीहरूबीच पनि महासंघले आफ्नो भूमिकालाई कहिल्यै कमजोर हुन दिएन । बरु, प्रत्येक चुनौतीलाई अवसरमा बदल्दै देशको आर्थिक गतिलाई थप अघि बढाउने एक सशक्त अगुवाको रूपमा उभिएको छ ।

उनले ६० वर्षको महासंघको इतिहास राष्ट्रिय उद्यमशीलताको प्रतीक मात्र नभई आशाको केन्द्र र आर्थिक रूपान्तरणको मार्गदर्शक रहेको बताएका छन् । यसले साना, मझौला र ठूला सबै खालका व्यवसायीहरूलाई एउटै मञ्चमा जोड्दै सामूहिक समृद्धिको सपना साकार पार्ने बाटो खुलाएको र देखाएको बताएका छन् ।

‘गत फागुन २१ गतेको निर्वाचन पछि झण्डै दुई तिहाइको स्थायी सरकार गठन भएपछि पहिलो मन्त्रीपरिषद् वैठकले नेपाल उद्योग वाणिज्य महासंघको आग्रह बमोजिम निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीति (पिएसपीपी) पारित गरी तत्काल लागु गर्ने निर्णय गरेको छ । यो राम्रो पक्ष हो उनले भने ।’

60AGM_Inagural_SpeechCPD

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS