IME Life New

चार कम्पनीमा रहेको ७ लाख ८९ हजार कित्ता शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले चार कम्पनीमा रहेको आफ्नो स्वामित्वको ७ लाख ८९ हजार बढी कित्ता शेयर आज वैशाख १८ गतेबाट बिक्रीमा राखेको छ।

कम्पनीले कुल ७ लाख ८९ हजार ७९९ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। जसमा कुमारी बैंकको ५ लाख ३० हजार कित्ता, नेसनल लघुवित्तको १ लाख ७ हजार ४८४ कित्ता, मेरो माइक्रोफाइनान्सको ७८ हजार २०९ कित्ता र नेरुडे मिर्मिरे लघुवित्तको ७४ हजार १०६ कित्ता शेयर रहेको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरमध्ये कुमारी बैंकको प्रतिकित्ता १०० रुपैयाँ, नेसनल लघुवित्तको ६७५ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ३७५ रुपैयाँ र नेरुडे मिर्मिरे लघुवित्तको ३३४ रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यी शेयरमा इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।

बोलपत्र मुक्तिनाथ क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ १ गतेसम्म तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS