काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर सम्बन्धी निर्देशन २०८३ जारी गरेको छ । प्राधिकरणले बीमा सर्भेयरको कार्यलाई व्यवस्थित, प्रतिष्पर्धी तथा विश्वसनीय बनाई निजहरुको व्यावसायिक निष्ठा, पारदर्शीता र जवाफदेहिता सिनिश्चत गरी बीमितको वास्तविक क्षतिको न्योचित मूल्याङकन गर्ने व्यवस्था गर्न वाञ्छनीय भएकाले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यस र्निेशन जारी गरेको बताएको छ ।
यस व्यवस्था बमोजिम बीमा सर्भे काममा लगाएको बीमकले बीमा सर्भेयरको दुर्घटना बीमा गरिदिनुपर्ने उल्लेख छ ।
त्यस्तै, बीमा प्राधिकरणले बीमा सर्भेयरलाई व्यक्तिगत बीमा सर्भेयरलाई क र ख वर्गमा विभाजन गरेको छ । सोही अनुरुप स वर्गको सर्भेयरले न्युनतम २५ करोड रुपैयाँ बराबरको क्षति मूल्याङकन र ३ सय वटा सर्भेको प्रतिवेदन बुझाउको हुनुपर्नेछ भने ख वर्गको सर्भेयरले न्युनतम १० करोडको क्षति मूल्याङकन र १ सय वटा सर्भे गरेको प्रतिवेदन बुझाएको हुनुपर्नेछ ।
सर्भे गर्न पाउने सीमा भने व्यक्तित सर्भेयरले ५ वटा र संस्थागत सर्भेयरले बढीमा १० वटा सम्म प्रतिवेदन बुझउन बाँकी रहेको अवस्थामा सोही व्यक्ति वा संस्थालाई नियुक्ती गर्न नपाईने जनाएको छ । पारिश्रमिक भने हालको दरमा नघट्ने गरी तोक्नुपर्नेछ ।
69f2d8eb93aa4_1777522923












