IME Life New

भाटभाटेनीमा सामान खरिद गरेका दुईजनाले जिते टाटा पन्च ईभी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुईजनाले विद्युतीय सवारी जितेका छन् । स्टोरमा दुई हजार पाँच सय रुपैयाँ बढी किनमेल गर्दा दुईजनाले टाटा पन्च ईभी जितेका हुन् ।

दसैँ, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने योजनाको पुरस्कार घोषणा गरिएको हो । उक्त योजनाअन्तर्गत कलंकीकी रोशनी सिंह तथा पाटनकी समिता प्रधानले टाटाको पन्च ईभी प्राप्त गरेका हुन् ।

Esewa
Crest

टाटाको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभाटेनीबीच सहकार्य गरी ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने योजना ल्याइएको थियो । ‘भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ भन्ने नारासहित स्किमको लाभ पुषको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिएका थिए।

खरिदको समय ग्राहकले प्राप्त गरेको बिलको आधारमा प्रणालीमा नाम दर्ता मध्येबाट उनीहरूको नाम लक्की ड्र मार्फत चयन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS