काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रमका लागि रायसुझाव माग गरेको छ।
धितोपत्र बोर्डले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षका लागि रायसुझाव माग गरेको हो। धितोपत्र बजार तथा वस्तु विनियम बजारको व्यवस्थित तथा प्रभावकारी विकास तथा विस्तारका लागि धितोपत्र बोर्डले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमापश्चात सार्वजनिक गरी कार्यान्वयन गर्ने अभ्यास अवलम्बन गर्दै आएको छ।
सरोकारवालाले बजार विकास, विस्तार तथा सुधारसम्बन्धी कार्यान्वयनयोग्य एवं रचनात्मक रायसुझाव पेस गर्न सक्नेछन्। यसका लागि धितोपत्र बोर्डले आगामी जेठ १५ गतेसम्मको समय दिएको छ।













