काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । हिजोको मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको हो ।
इन्धनको मूल्यमा हुने उतारचढावका आधारमा विभागले स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्दै आएको छ । यो नयाँ भाडादर दुई वा दुईभन्दा बढी प्रदेश भई चल्ने लामो दूरीका सवारी साधन (अन्तर प्रदेश) मा लागू हुने जनाइएको छ ।
त्यस्तै, स्थानीय रुटमा चल्ने सवारी साधनको भाडाको हकमा भने सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।













