काठमाडौं । नेप्से परिसूचक मंगलबार २७७०.२६ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक २६.१६ अंकले घटेको छ।
बजारमा ६ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब ७ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३८ करोड ८१ लाख रुपैयाँको खरिद र ६९ करोड ५ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट २५ करोड ५९ लाख रुपैयाँको खरिद भएको छ भने २३ करोड ८० लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।












