काठमाडौं । आज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर २,७७० को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन बैंक बोन्ड २०८६ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका हुन् । शाइन रेसुङगा डिबेञ्चरका इकाईधनीले ३ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । सानिमा डिबेञ्चरका इकाईधनीले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् ।













