काठमाडौं । आज नेप्से परिसूचक ७ दशमलव ७३ अंकले बढेर २,७९६ को विन्दुमा कायम भएको छ । आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सिटी होटलका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।













