IME Life New

शेयर बजारमा वृद्धि, कारोबार रकम भने ४ अर्ब ७४ करोडमा सीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ७३ अंकले बढेर २,७९६ को विन्दुमा कायम भएको छ । आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५१ कम्पनीको १ करोड ९ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको २३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सिटी होटलका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका यकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS