IME Life New

बजारमा करिब पौने ८ अर्ब नगद परिचालन, सरकारी ढुकुटीमा पैसा फालाफाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल बजार करिब पौने ८ खर्ब रुपैयाँ बढी नगद परिचालन रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार चैतसम्म बजारमा ७ खर्ब ६९ अर्ब २० करोड रुपैयाँ नगद परिचालन रहेको छ। अघिल्लो वर्ष २०८१।८२ आर्थिक वर्षको असारमा बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। असारको तुलनामा मंसिरमा नगद परिचालन २.४६ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सरकारी कोषको आकार ४५४.९० प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ७० अर्ब ८ करोड रुपैयाँ थियो। चालु वर्षको चैतसम्म सरकारी कोषको आकार बढेर ३ खर्ब ९३ अर्ब ७ करोड रुपैयाँको उचाइमा पुगेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्म राष्ट्र बैंकको रिजर्भमा ९ खर्ब ६८ अर्ब ५ करोड रुपैयाँ थियो। गत आर्थिक वर्षको असारसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब ७१ अर्ब २ करोड रुपैयाँ रहेको थियो। रिजर्भको आकार बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS