IME Life New

सरकारी कार्यालयमा तु काम नभए ‘हेलो सरकार’ मा गुनासो गर्न प्रधानमन्त्रीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै सम्पन्न शून्य बाँकी फाइल सप्ताह” को अवधिमा पनि फछ्र्यौट हुन नसकेका फाइलहरूका सम्बन्धमा गुनासो दर्ता गर्न आह्वान गरेको छ।

कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै तीनवटै तहका सरकारी निकायहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस विशेष अभियानको प्रभावकारिता र सेवाग्राहीको हकलाई ध्यानमा राख्दै यो आग्रह गरेको हो।

Esewa
Crest

गत २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख ७ गतेसम्म सरकारले देशभरका सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूलाई शून्यमा झार्ने उद्देश्यले ‘शून्य बाँकी फाइल सप्ताह’ सञ्चालन गरेको थियो। उक्त अवधिमा पनि कुनै फाइल फछ्र्यौट नभएको वा काममा ढिलासुस्ती भएको पाइएमा सेवाग्राहीले सिधै प्रधानमन्त्री कार्यालयमा उजुरी गर्न सक्नेछन्।

गुनासो कहाँ र कसरी गर्ने?

यदि तपाईंको कुनै फाइल सो अवधिमा फछ्र्यौट हुन बाँकी छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार शाखामा देहाय बमोजिम सम्पर्क गर्न सकिनेछ:

टोल फ्री नम्बर (नि:शुल्क): ११११

वेब पोर्टल:https://gunaso.opmcm.gov.np/register

सरकारी सेवालाई छिटो, छरितो र उत्तरदायी बनाउने लक्ष्यका साथ सरकारले यो अभियान चलाएको थियो। प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत नेत्र प्रसाद पोख्रेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भए अनुसार, प्राप्त गुनासोहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS