काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ९५ अंकले घटेर २,८०४ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सूर्यकुण्ड हाइड्रो, शिखर पावरका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले १४ प्रतिशतका दरले कमाएका छन् ।













