काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक २.९५ अंकले २८०४.१७ को विन्दुमा झरेको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह घटेका छन् भने ८ वटा समूह बढेका छन्। यो दिन वित्त समूह सर्वाधिक ०.५८ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक १.१० प्रतिशतको गिरावट आएको छ।
बजारमा आज १२१ कम्पनीको शेयरभाउ बढ्दा १३८ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ७ अर्ब ८१ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार नेसनल हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेसनल हाइड्रोपावरः ४१ करोड ३४ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः ३२ करोड ७८ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः ३१ करोड ६९ लाख रुपैयाँ
- होटल फरेष्ट इनः २८ करोड ५९ लाख रुपैयाँ
- एसवाई प्यानलः २६ करोड ८९ लाख रुपैयाँ
- शिवम सिमेन्टः २५ करोड ४५ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २१ करोड ६ लाख रुपैयाँ
- रिडी पावरः १९ करोड ५२ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १९ करोड ५० लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १६ करोड ३९ लाख रुपैयाँ












