IME Life New

मञ्जुश्री फाइनान्सको करिब २८% ले बढ्यो नाफा, वितरणयोग्य मुनाफा साढे ३० करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्म २१ करोड ८९ लाख खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष २०८१।८२ को यही अवधिसम्म संस्थाले १७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा संस्थाको नाफा २७.९३ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म संस्थाले ३२ करोड ३३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २९ करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा पनि १०.२९ प्रतिशतले बढेको छ।

चालु वर्षको पहिलो ९ महिनामा संस्थाको खुद ब्याज आम्दानी ६८ करोड ४७ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १०.२४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ६२ करोड ११ लाख रुपैयाँ थियो।

चैतसम्म संस्थाको वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा २० करोड ३७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको वितरणयोग्य मुनाफा ४९.९५ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा ३० करोड ५४ लाख रुपैयाँ र जगेडामा ८० करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म संस्थाको रिटेन्ड अर्निङमा ३५ करोड ७८ लाख रुपैयाँ र जगेडामा ७३ करोड ५४ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको चैतसम्म संस्थाले २२ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म संस्थाले २१ अर्ब ३ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको खराब कर्जा (एनपीएल) घटेर ३.९९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ४.२० प्रतिशत थियो।

समीक्षा अवधिसम्म संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २१.६० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको ईपीएस १६.८८ रुपैयाँ थियो।

संस्थाको पीई रेसियो ३८.८४ गुणा र प्रतिशेयर नेटवर्थ १८२.२० रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS