IME Life New

केही फेन्सी आयोजना छन्, त्योबारे सोच्नुपर्छः अर्थमन्त्री वाग्ले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले केही फेन्सी आयोजनाहरु रहेको र त्यसबारे सोच्नुपर्ने बताएका छन्।

अर्थ मन्त्रालयमा आज लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा अर्थमन्त्री वाग्ले यस्तो धारणा राखेका हुन्। ‘केही फेन्सी आयोजना छन्, त्योबारे सोच्नुपर्छ’, उनले भने।

Esewa
Crest

लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानु त लाजै मर्दो भएको अर्थमन्त्री वाग्लेको धारणा थियो। ‘विदेशी लगानी स्वीकृत भएका यति लामो समयमा काम नै नगर्नु भनेको त निर्मम समीक्षा गर्नुपर्ने भयो’, उनले भने, ‘परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुमा दोषी को हो ? मान्छे भए मान्छे कानुन भए कानुन फेर्नै पर्ने अवस्था आएको छ। समस्या के हो त्यो तुरुन्तै चाहियो।’

मन्त्री वाग्लेले अब १४ औँ बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर सोचिने चेतावनी पनि दिए। ‘लगानी सहजीकरण गर्ने यति ठूलो शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भएको छ’, उनले भने, ‘कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्यो।’

बैठकमा प्रधानमन्त्री बाले शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजनाको हालत अत्यन्तै दयनीय देखिएको प्रतिक्रिया दिए। ‘परियोजना अघि बढाउन प्रगतिको बाधक के–के हुन्, तत्काल सम्बोधन गरियोस्’, उनले भने, ‘कुन निकाय ? कुन व्यक्ति ? के–के कारणले समन्वय गर्न नसकेको हो ? अब यो मनिटरिङ हुन्छ।’

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानी बोर्ड, कार्यालय तथा समितिको काम कर्तव्य, अधिकार, बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाका बारेमा जानकारी गराए। उनले यसअघिको १२ औँ बैठकले गरेको निर्णय कार्यान्वयनजस्ता विषयमा प्रस्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS