IME Life New

एप्पलको सीईओबाट राजीनामा दिँदै टिम कुक, अब कसले सम्हाल्नेछन् कमान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफ्नो पदबाट राजीनामा दिँदैछन्।

एप्पलले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरी टिम कुक कम्पनीको सञ्चालक समितिको कार्यकारी अध्यक्ष बन्ने घोषणा गरेको छ र जोन टर्नस नयाँ सीईओ बन्ने छन्। जोन टर्नस हाल हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष हुन्।

Esewa
Crest

स्टिभ जब्सपछि टिम कुकले सीईओको जिम्मेवारी सम्हालेका थिए। उनको लगभग १५ वर्षको कार्यकाल अब समाप्त हुँदैछ।

कार्यकारी अध्यक्षका रुपमा टिम कुकले विश्वभरका नीति निर्माताहरूसँग संलग्न हुनेजस्ता कम्पनीको केही काममा सहयोग गर्नेछन्।

जोन टर्नस सन् २००१ मा एप्पलको उत्पादन डिजाइन टोलीमा सामेल भए। सन् २०१३ मा उनी हार्डवेयर इन्जिनियरिङका उपाध्यक्ष बने।

टर्नस सन् २०२१ मा हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्षका रुपमा कार्यकारी टोलीमा सामेल भए। अब उनी सेप्टेम्बरदेखि सीईओको भूमिका ग्रहण गर्नेछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS