IME Life New

स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाको पीपीएका लागि सम्पर्कमा आउन आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए)का लागि सम्पर्कमा आउने आह्वान गरेको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै पीपीएका लागि सम्पर्कमा आउन आह्वान गरेको हो। प्राधिकरण सञ्चालक समितिले बैठकले चालु आर्थिक वर्ष २०८२।८३ सम्ममा पीपीए गरिसक्ने गरी स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने १ मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत आयोजनाको पीपीए गर्ने निर्णय गरेको छ।

Esewa
Crest

यसरी निर्माण हुने आयोजनाको खरिददर विद्युत नियमन आयोगको २०८२ पुस २० को निर्णयबाट वार्षिक मूल्यवृद्धि नहुने गरी प्रतियुनिट ४.९९ रुपैयाँ कायम गरिएको प्राधिकरणले जनाएको छ। पीपीएका लागि यही वैशाख २८ गतेभित्र आवश्यक विवरण तथा कागजातहरुसहित निवेदन प्राधिकरणको विद्युत व्यापार विभागमा सम्बन्धित प्रवर्द्धक कम्पनीहरुले सम्पर्क गर्न सक्नेछन्।

त्यस्ता आयोजनालाई प्राधिकरणको ३३।११ केभी ग्रिड वा वितरण सबस्टेसनको ३३ केभी वा ११ केभीमा जडान गर्न सकिने प्राधिकरणले जनाएको छ। प्रवर्द्धकले अनुरोध गरेमा प्राधिकरणको ११ केभी वितरण लाइनमा आवश्यक प्रोटेक्स एग्रिमेन्टसहित टी–कनेक्सन गर्न सकिनेछ।

आयोजनाहरुको ग्रिड इम्प्याक्ट स्टडी (जीआईएस) बिना नै ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न गर्न सकिने प्राधिकरणले जनाएको छ।

पीपीएका लागि पेस पेस गर्नुपर्ने आवश्यक कागजात

  • पीपीएका लागि निवेदन
  • कम्पनी दर्ताको प्रमाणपत्र
  • स्थानीय तहको कम्तीमा ५१ प्रतिशत शेयर रहेको अद्यावधिक शेयर लगत विवरण, सञ्चालकहरुको लगत
  • कम्पनीको प्रबन्धपत्र
  • कम्पनीको नियमावली
  • करचुक्ताको प्रमाणपत्र
  • बहाल रहेको विद्युत सर्वेक्षणको अनुमतिपत्र
  • विद्युत उत्पादनको अनुमतिपत्र जारी भएको अवस्थामा पीपीए वित्तीय व्यवस्था सम्पन्न गर्ने मिति बहाल रहेको विद्युत उत्पादनको अनुमतिपत्र
  • स्थानीय लेखा नम्बर (प्यान) दर्ताको प्रमाणपत्र
  • आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तथा निर्माण तालिका
  • आयोजना निर्माण गर्ने जग्गाको लिज सम्झौता वा भोगाधिकार वा कम्पनीको नाममा भएको प्रमाणपत्र (सर्भे लाइसेन्स नभएमा)
  • पीपीएको मस्यौदा तथा पीपीएमा हस्ताक्षर गर्न कम्पनीका तर्फबाट हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको अख्तियारीनामा पत्र (कम्पनीको निर्णय प्रतिलिपि)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS