काठमाडौं । नेपाल सरकारले सरकारी कर्मचारीलाई मासिक रुपमा नभएर पाक्षिक रुपमा तलब वितरण गर्ने भएको छ।
अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरिय निर्णय गर्दै यस्तो व्यवस्थाप गर्न निर्देशन दिएका हुन् ।
मन्त्रालयका सचिव डा.सुमन दाहालले जारी गरेको पत्रमा बैशाख ४ गतेको मन्त्रीस्तर निर्णयका आधारमा पाक्षिकरुपमा पारिश्रमिक वितरणको लागि आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।












