IME Life New

निफ्राः ब्याज आम्दानी घट्दा नाफामा संकुचन, अन्य वित्तीय सूचक पनि निराशाजनक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा निफ्राले ६४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्म बैंकले ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २८.५३ प्रतिशतले घटेको छ।

Esewa
Crest

चालु वर्षको चैतसम्म बैंकको सञ्चालन मुनाफा घटेर ९२ करोड २ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब २८ करोड ५७ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि २८.४२ प्रतिशतले घटेको छ।

चैतसम्म बैंकले १ अर्ब ८ करोड १२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४८ करोड १८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी २७.०३ प्रतिशतले कम हो।

चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको रिजर्भ र सरप्लसमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भ र सरप्लसमा ३ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ थियो। रिजर्भ र सरप्लसको आकार पनि ११.१० प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म बैंकले ७ अर्ब ८० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

चालु वर्षको तेस्रो त्रैमाससम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.९७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ५.५६ रुपैयाँ थियो। पीई रेसियो ६७.४४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११५.८४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS