IME Life New

Breaking news: सेबोन अध्यक्षबाट सन्तोष नारायणले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदबाट सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएका छन्।

श्रेष्ठले आज अर्थ मन्त्रालयमा सेबोन अध्यक्षबाट राजीनामा दिएको पत्र बुझाएका हुन्। ‘उनले के कारण राजीनामा दिएका अहिले खुलेको छैन’, सेबोन स्रोतले भन्यो।

Esewa
Crest

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार गठनसँगै राजनीतिक आधारमा लिइएका नियुक्तिका विषयमा धेरै नै चर्चा चलेको थियो। रास्वपाले त्यस्ता नियुक्ति लिएकाहरुले राजीनामा दिएर मार्गप्रशस्त गर्न पनि आग्रह गरेको थियो।

तत्कालीन सरकारले श्रेष्ठलाई २०८१ मंसिर १० गते सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। उनको कार्यकाल निकै विवादास्पद पनि बन्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS