IME Life New

बुढानीलकण्ठ नगर खेलकुद शिल्ड २०८३ आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका को खेलकुद विकास बोर्डद्वारा दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड-२०८३ आयोजना गरिने भएको छ। स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुद क्षेत्रको समग्र विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

नगर खेलकुद विकास बोर्डका उपाध्यक्ष दिपक तामाङ का अनुसार प्रतियोगिता २०८३ साल वैशाख ११, १२ र १३ गते सञ्चालन हुनेछ। प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटै वडाबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।

Esewa
Crest

प्रतियोगिताअन्तर्गत फुटबल, बास्केटबल, ब्याडमिन्टन, ईस्पोर्ट्स (PUBG), तेक्वान्दो, कराते, फुटसल र वुसु विधामा प्रतिस्पर्धा हुनेछ। साथै विशेष आकर्षणका रूपमा मुवा थाई तथा तेक्वान्दो प्रदर्शन र सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिनेछ।

“यस प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुका साथै नगरभित्र खेलकुदको वातावरण सुदृढ बनाउनेछ। यसले युवालाई सकारात्मक दिशामा अघि बढाउँदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउँछ,” उपाध्यक्ष दिपक तामाङ भने ।

उपाध्यक्ष तामाङका अनुसार सबै खेल विधाका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेताहरूलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ५ हजार रुपैयाँ रहेको छ, जसले खेलाडीहरूमा थप उत्साह र प्रेरणा जगाउने विश्वास गरिएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टोलीहरूले २०८३ साल वैशाख ६ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा सहभागी सबै खेलाडीलाई टीशर्ट र जर्सीसमेत उपलब्ध गराइनेछ।

नगरस्तरीय यस प्रतियोगिताले खेल संस्कृतिको विकास, प्रतिभाको पहिचान तथा स्वस्थ र अनुशासित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS