IME Life New

किन महत्वपूर्ण छ जीवन बीमाका लागि व्यक्तिगत घटना दर्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले वैशाख १ गतेदेखि ७ गतेसम्म देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गरिरहेको छ। “पञ्जीकरण हाम्रो अधिकार, सुशासनको बलियो आधार” भन्ने नाराका साथ स्थानीय तहहरूमार्फत जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद (पारपाचुके) र बसाइसराइजस्ता पाँच मुख्य व्यक्तिगत घटना दर्ता गर्न आह्वान गरिएको छ।

व्यक्तिगत घटना दर्ताले व्यक्तिको नागरिक हैसियत निर्धारण गर्छ। जन्मदर्ता  बालबालिकाको पहिलो कानूनी परिचय हो, जुन विद्यालय भर्ना, नागरिकता प्राप्ति र बाल पोषण भत्ताका लागि अनिवार्य हुन्छ। विवाह दर्ताले दम्पतीबीचको कानूनी सम्बन्ध स्थापित गर्छ, जसले सम्पत्तिमा अधिकार, नाता प्रमाणित र सामाजिक सुरक्षामा सहयोग पुर्‍याउँछ।

Esewa
Crest

मृत्यु दर्ता भनेको मृतकको कानूनी अस्तित्व समाप्त भएको घोषणा हो, जुन अंशियारहरूमा नामसारी, हकदाबी र पेन्सन प्राप्तिका लागि आवश्यक पर्छ। साथै बसाइँसराइ र सम्बन्धविच्छेदको दर्ताले व्यक्तिको भौगोलिक अवस्थिति र वैवाहिक स्थिति परिवर्तनको कानूनी प्रमाण प्रदान गर्छ, जसले प्रशासनिक कार्यमा सहजता ल्याउँछ।

बीमा क्षेत्रमा व्यक्तिगत घटना दर्ताको भूमिका अझ बढी संवेदनशील र प्राविधिक हुन्छ। एक बीमितका लागि निम्न कारणले यी कागजातहरू महत्वपूर्ण मानिन्छन्:

१. जोखिम मूल्याङ्कनबीमा कम्पनीले व्यक्तिको उमेर र जीवनशैलीका आधारमा जोखिमको मूल्याङ्कन गर्छ। जन्म दर्ता वा आधिकारिक उमेर खुल्ने प्रमाणका आधारमा मात्र बीमाशुल्क निर्धारण गरिन्छ। उमेर सही नभएमा बीमा प्रस्ताव अस्वीकृत हुन सक्छ वा दाबीमा समस्या आउन सक्छ।

२. बीमा दाबी भुक्तानी: बीमितको मृत्यु भएको अवस्थामा दाबी भुक्तानीका लागि मृत्यु दर्ता सबैभन्दा प्राथमिक दस्तावेज हो। मृत्युको समय र कारण प्रमाणीकरण गर्न यो अनिवार्य हुन्छ।

३. कानुनी हकवालाको पहिचान: बीमा गरिएको रकम कसले पाउने भन्ने विषयमा अक्सर विवाद हुने गर्छ। विवाह दर्ता, जन्म दर्ता र नाता प्रमाणितका आधारमा मात्र बीमा कम्पनीले कानुनी हकवाला पहिचान गरी दाबी रकम हस्तान्तरण गर्छ।

४. वैवाहिक स्थिति र जोखिम: बीमा क्षेत्रमा पारिवारिक इतिहास र वैवाहिक स्थितिले पनि जोखिमको प्रकृति निर्धारण गर्न सक्छ। सम्बन्धविच्छेद वा पुनर्विवाह जस्ता घटनाले बीमितको मनोनित व्यक्ति परिवर्तन गर्नुपर्ने कानुनी आवश्यकता सिर्जना गर्छ।

व्यक्तिगत घटना दर्ता केवल सरकारी अभिलेखका लागि मात्र नभई व्यक्तिको कानूनी पहिचान र राज्यबाट प्राप्त हुने सेवा सुविधाका लागि अनिवार्य शर्त हो। यस्ता घटना दर्ता गर्नु प्रत्येक नागरिकको कानूनी दायित्व हो। यसले एकातिर राज्यलाई योजना निर्माणका लागि तथ्याङ्क उपलब्ध गराउँछ भने अर्कोतिर नागरिकलाई कानूनी जटिलताबाट जोगाउँछ। विशेषगरी जीवन बीमा जस्तो वित्तीय सुरक्षाको क्षेत्रमा यो सुरक्षित भविष्य र सहज दाबी भुक्तानीको निर्विकल्प आधार हो। त्यसैले, वैशाख ७ गतेभित्र आफ्ना र आफ्ना परिवारका घटनाहरू नजिकैको वडा कार्यालयमा दर्ता गराई जिम्मेवार नागरिकको परिचय दिनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS