काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ३ कम्पनीले आइपीओ निष्कासन गर्ने अनुमति पाएका छन्।
धितोपत्र बोर्डबाट एभरेष्ट कलर, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले आइपीओ ल्याउने अनुमति पाएका हुन्। धितोपत्र बोर्डबाट अनुमति पाएमा यी ३ वटै कम्पनीले आइपीओ ल्याउनेछन्।
एभरेष्ट कलरले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९० हजार कित्ता साधारण शेयर जारी गर्नेछ। यो आइपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
यसैगरी माउन्ट एभरेष्ट पावरले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख ८० कित्ता आइपीओ ल्याउने अनुमति पाएको छ। यो आइपीओको बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ।
त्यस्तै सर्वोत्तम पेन्ट्सले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको छ। यो आइपीओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।












