काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई व्यावसायिक र व्यक्तिगत क्यूआर प्रदान गरेका हुन्। नगदरसहित कारोबारलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकको पहलबमोजिम बैंकहरुले डिजिटल कारोबारलाई सहज र छिटो बनाउन यसरी दुई किसिमका क्यूआर प्रदान गरेका हुन्छन्।
व्यावसायिक क्यूआर व्यवसाय प्रयोजनका लागि व्यक्तिगत क्यूआर व्यक्तिगत प्रयोजनका लागि प्रदान गरिएको हुन्छ। तर, व्यावसायिक कारोबारका लागि क्यूआरमार्फत भुक्तानी गर्दा वा लिँदा व्यक्तिगत क्यूआरमा भुक्तानी गर्न र गराउन गैरकानुनी मानिन्छ।
व्यावसायिक क्यूआर वा व्यक्तिगत क्यूआर स्क्यान गर्दाका फाइदा र बेफाइदा
व्यावसायिक क्यूआर (मर्चेन्ट क्यूआर) स्क्यान गर्दा
- कुनै अतिरिक्त शुल्क लाग्दैन।
- रकम सिधै व्यवसायीको खातामा जान्छ।
- कारोबार सुरक्षित र प्रमाणित हुन्छ।
- कर प्रणालीमा पारदर्शिता हुन्छ।
- राष्ट्र विकासमा सहयोग पुर्याउँछ।
- अनलाइन कारोबारलाई प्रोत्साहन गर्दछ।
व्यक्तिगत क्यूआर स्क्यान गर्दा
- अतिरिक्त शुल्क लाग्छ।
- रकम सिधै व्यक्तिगतको खातामा जान्छ।
- तपाइँको पैसा अनौपचारिक क्षेत्रमा जान सक्दछ।
त्यसैले सचेत ग्राहक बनी सुरक्षित कारोबार गर्न राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।












