IME Life New

डिसहोम इन्टरनेटले ल्यायो २ महिना अतिरिक्त बोनस सहितको ‘नयाँ वर्षको नयाँ अफर’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक “नयाँ वर्षको नयाँ अफर” सार्वजनिक गरेको छ। यस विशेष योजना अन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिना सम्मकाे बोनस पाउनेछन्।

यो अफर अन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएसका उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ वार्षिक कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि प्रदान गरिनेछ, जसले प्रयोगकर्तालाई अझ बढी समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेटको अनुभव लिन सहयोग गर्नेछ।

Esewa
Crest

डिशहोम इन्टरनेट नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूमध्ये एक हो, जसले छिटो, भरपर्दो र ग्राहकमैत्री इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार, बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकलाई सुलभ र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

अफरका मुख्य विशेषताहरू
• नयाँ वार्षिक इन्टरनेट जडानमा मात्र लागू
• २०० देखि १००० एमबीपीएस सम्मका प्याकेजहरू उपलब्ध
• २ महिना अतिरिक्त बोनस
• सीमित अवधिका लागि मात्र लागू

डिशहोम सधैं ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धतासाथ अघि बढ्दै आएको छ। नयाँ वर्षको यस विशेष योजनासँगै डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS