काठमाडौं । शेयर बजार २०८२ सालको अन्तिम कारोबार दिनमा सामान्य घटेको छ। नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० को विन्दुमा बन्द भएको हो।
झिनो अंकले बजार घट्दा नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक १.६२ प्रतिशतले घटेको छ।
बजारमा आज १०५ कम्पनीको शेयरभाउ बढ्दा १५३ कम्पनीको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ८ अर्ब ६६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेसनल हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेसनल हाइड्रोपावरः ९३ करोड १९ लाख रुपैयाँ
- रिडी पावरः ४९ करोड १९ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः ४५ करोड ४४ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ३८ करोड ८१ लाख रुपैयाँ
- एसवाई प्यानलः ३२ करोड ८ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः २९ करोड २९ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २८ करोड ६ लाख रुपैयाँ
- हिमाल दोलखा हाइड्रोपावरः २४ करोड ७१ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ४९ लाख रुपैयाँ
- शिवम सिमेन्टः १८ करोड ९२ लाख रुपैयाँ












