IME Life New

वैशाखका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर, केहीले घटाए, विकास बैंकले के गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुले वैशाख महिनाका लागि लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्। बैंकले आज सूचना प्रकाशित गरी वैशाखका लागि लागू हुने ब्याजदर सार्वजनिक गरेका हुन्।

अधिकांश वाणिज्य बैंकले वैशाखका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका छन्। हालसम्म प्राप्त तथ्यांकअनुसार १० वटा वाणिज्य बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

Esewa
Crest

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर चैत महिनाकै निरन्तरता दिने बैंकहरुमा नेपाल एसबीआई बैंक, सानिमा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र कृषि विकास बैंक छन्। चैतमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, नेपाल बैंकले ४.५० प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत र कृषि विकास बैंकले ४.१५ प्रतिशतले ब्याज दिएका थिए। अब यी बैंकले यही ब्याज वैशाखमा पनि दिने भएका छन्।

ब्याजदर घटाउने वाणिज्य बैंकहरुमा सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिजिटन्स बैंक र कुमारी बैंक छन्। वैशाखमा सिद्धार्थ बैंकले ४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, एनआईसी एसिया बैंकले ४.७५ प्रतिशत, हिमालयन बैंकले ४.५० प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत, सिजिटन्स बैंकले ४.१५ प्रतिशत र कुमारी बैंकले ४.०५ प्रतिशत ब्याज दिने भएका छन्। चैतमा सिद्धार्थ बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनआईसी एसिया बैंकले ५ प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत, एभरेष्ट बैंकले ४.२५ प्रतिशत, सिजिटन्स बैंकले ४.५० प्रतिशत र कुमारी बैंकले ४.१२ प्रतिशत ब्याज दिएका थिए।

वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर बढाएर वैशाखमा ५.१० प्रतिशत दिने भएको छ। चैतमा यो बैंकले ४.१५ प्रतिशत ब्याज दिएको थियो।

उता अधिकांश राष्ट्रियस्तरका विकास बैंकले ब्याजदर घटाएका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ज्योति विकास बैंकले ४.९५ प्रतिशत, कामना विकास बैंक, ५ प्रतिशत, महालक्ष्मी विकास बैंकले ४.९५ प्रतिशत, मुक्तिना विकास बैंकले ४.९५ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ४.९५ प्रतिशत कायम गरेका छन्। चैतमा ज्योति विकास बैंकले ५.११ प्रतिशत, कामना विकास बैंक, ५.११ प्रतिशत, महालक्ष्मी विकास बैंकले ५.१५ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ५.१५ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ५.११ प्रतिशत ब्याज दिएका थिए।

गरिमा विकास बैंकले भने चैतकै ५.४३ प्रतिशत ब्याजदरलाई वैशाखमा पनि निरन्तरता दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS