काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो नगद सम्पत्ति १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् ।
उनको सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई देखाइएको छ।उनको फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको जानकारी गराएका छन्।
आइतबार सरकारले सार्वजनिक गरिएको सम्पत्ति विवरणमा यो उल्लेख गरेका हुन् ।
सार्वजनिक विवरण अनुसार, प्रधानमन्त्री शाहकी पत्नी सबिना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुनचाँदीसहितका गरगहना रहेकोमा ती सबै पैतृक सम्पत्तिबाट प्राप्त भएको दाबी गरिएको छ।












