IME Life New

इन्धन अभावलाई ध्यान दिँदै काठमाडौं महानगरले लागू गर्यो ‘कार पुलिङ’ कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्धन अभावलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाको कार्यालये कर्मचारी ल्याउन ‘कार पुलिङ’ कार्यक्रम लागू गरेको छ।

महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठकबाट अधिकारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन कोटामा कटौती गरेपछि काल पुलिङ कार्यक्रम लागू गरेको हो।

Esewa
Crest

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यो कार्यक्रम लागू गरिएको बताइन्। ‘यतिबेला पहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ’, उनले भनिन्, ‘यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन। यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ’ कार्यक्रम लागू गरिएको हो।’

यस कार्यक्रमअन्तर्गत बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने–जाने अधिकारीहरुको समूह बनाइएको छ। यस समूहमा हुनेले आफूसँग भएको सवारीसाधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ। यसो गर्दा कार्यालयमा आउने जाने सवारीसाधनको संख्या र इन्धनको प्रयोग घट्ने विश्वास महानगरको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS