काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार इरानसँगको वार्ता कुनै सम्झौतामा पुग्न नसकी टुङ्गिएको बताउनुभएको छ। आफूले “अन्तिम र सर्वोत्तम प्रस्ताव” राखेर फर्कन लागेको उहाँले जानकारी दिनुभयो।
उपराष्ट्रपति भान्सले भन्नुभयो, “हामी विगत २१ घण्टादेखि यसमा लागेका थियौं र इरानी पक्षसँग धेरै महत्त्वपूर्ण छलफलहरू भए, जुन सकारात्मक पक्ष हो।”
“तर दुःखको कुरा, हामी कुनै सम्झौतामा पुग्न सकेनौं। मेरो विचारमा यो अमेरिकाका लागि भन्दा पनि इरानका लागि बढी नराम्रो खबर हो,” उहाँले थप्नुभयो।
कुनै ठोस सहमति नजुटाई अमेरिकी टोली स्वदेश फर्किएको छ।












