काठमाडौं । आज नेप्से परिसूचक ४८ दशमलव ७१ अंकले बढेर २,८५१ को विन्दुमा कायम भएको छ । आज २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको मात्रै घटेको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त, रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रो र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर खुदी र सूर्यकुण्डका लगानीकर्ताले भने ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।













