IME Life New

शिखर पावरको शेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर पावर डेभलपमेन्टको शेयर भोलि शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।

शिखर पावरको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोही व्यवस्थाबमोजिम यो कम्पनीको शेयर भोलि शुक्रबारबाट कारोबारमा आउने भएको हो। सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएपछि शेयर बजार शुक्रबार पनि कारोबारमा आउनेछ।

Esewa
Crest

नेप्सेमा शिखर पावरको कुल ९८ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ३२ लाख कित्ता (३२.६५ प्रतिशत) र संस्थापकको ६६ लाख कित्ता (६७.३५ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले शिखर पावरलाई प्रतिकित्ता न्यूनतम ९४.७८ रुपैयाँदेखि अधिकतममा २८४.३४ रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले एसआईपीडी पाएको छ।

भोलि स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

शिखर पावरले गत फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने चैत ३ गते गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS