काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। आज नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत र प्रभु इन्स्योरेन्सको ८.७ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजनपश्चात आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ५ हजार ५७१ रुपैयाँ ४७ पैसा कायम भएको छ भने प्रभु इन्स्योरेन्सको ६८८ रुपैयाँ १३ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा आत्मनिर्भर लघुवित्तको शेयर प्रतिकित्ता ६ हजार ३६५ रुपैयाँ ४० पैसा र प्रभु इन्स्योरेन्सको शेयर प्रतिकित्ता ७४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।












