काठमाडौं । नेप्से परिसूचक बुधबार २८०२.५२ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ४५.१२ अंकले बढेको छ।
बजारमा ८ अर्ब ३१ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब २८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ६४ करोड ८४ लाख रुपैयाँको खरिद भएको छ भने ६३ करोड ७४ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ३६ करोड ८ लाख रुपैयाँको खरिद र ३० करोड ५० लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन्।












