काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २५ गते सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९९ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।












