IME Life New

सोपान फर्मास्युटिकल्सको आइपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेबाट खुल्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोपान फर्मास्युटिकल्सले सर्वसाधारणका लागि आइपीओ निष्कासन मिति परिवर्तन गरेको छ।

सरकारले इन्धन संकटलाई ध्यानमा राखेर साताको दुई दिन शनिबार आइतबार बिदा दिने निर्णय गरेसँगै सोपान फर्मास्युटिकल्सले आइपीओ जारी मिति परिवर्तन गरेको हो। अब कम्पनीले आउँदो वैशाख ३ गतेबाट आइपीओ बिक्री खुला गर्नेछ। यसअघि कम्पनीले सर्वसाधारणका लागि वैशाख २ गतेदेखि आइपीओ जारी गर्ने सूचना निष्कासन गरेको थियो।

Esewa
Crest

कम्पनीले दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि २ लाख १४ हजार ५०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ७१ हजार ६०० कित्ता छुट्याएर बाँकी १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

लगानीकर्ताले यस आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। अब यो आइपीओको निष्कासन बन्द छिटोमा वैशाख ८ गते र ढिलोमा वैशाख १७ गते बैंकिङ समयपछि हुनेछ।

सोपान फर्मास्युटिकल्सको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS