IME Life New

कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबी सम्बन्धी सफ्टवेयरको अभिमुखिकरण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा बुटवलमा अवस्थीत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा “कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबी सम्बन्धी सफ्टवेयरको अभिमुखिकरण कार्यक्रम” विषयक एक दिने कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैकको प्रदेश कार्यालय, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, ग्रामिण लघुवित्त वित्तीय संस्था, जनउत्थान लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सम्पदा लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था लि, लक्ष्मी लघुवित्त वित्तीय संस्था लि, मेरो माइक्रोफाइनान्स, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लि, लगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधीहरु तथा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल, कर्जा विभागका प्रमुख प्रबन्धक विक्रान्त आचार्य, सूचना प्रविधी विभाग प्रमुख अधिकृत राजु के.सी. लगायत कोषको केन्द्रीय तथा शाखा कार्यलय बुटवलका कर्मचारीहरु उपस्थीती रहेको थियो ।

Esewa
Crest

गोष्ठीको संचालन तथा सुरुवात यस कोषको शाखा कार्यालय बुटवलका प्रमुख बसन्त केसीले गरेका थिए भने स्वागत मन्तव्य कोषका नायव प्रमुख अधिकृत उषा पौडेलले गरेकी थिइन् ।

त्यसपछी कार्यक्रमको दौरान यस कोषले संचालन गर्दै आएको तथा भावी कर्जा सुरक्षण कार्यक्रमको बारे जानकारी कोषको कर्जा सुरक्षण प्रमुख प्रबन्धक विक्रान्त आचार्यले दिए भने कोषले नयाँ संचालनमा ल्याउन लागेको कर्जा सुरक्षणसँग सम्बन्धित सफ्टवेयरको बारे जानकारी कोषका सूचना प्रबिधि विभाग प्रमुख अधिकृत राजु केसीले दिए ।

त्यस उप्रान्त गोष्ठीमा सहभागी प्रतिनिधी ग्रामिण लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले आफ्नो छोटो मन्तव्य राखेका थिए ।

त्यस पश्चात कार्यक्रमा सहभागी भएका प्रतिनिधीहरुले आफ्नो जिज्ञासाहरु गोष्ठीमा राखेका थिए । जसको जवाफ तथा कार्यक्रमको अन्तिम मन्तव्य कोषको कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले दिएका थिए ।

कोषको वार्षिक नीति तथा कार्यक्रममा भएको व्यवस्था अनुरुप बैंक तथा वित्तीय संस्थाहरुसँग निरन्तर छलफल र संवाद गरी बजारको सुरक्षणको आवश्कतालाई मध्यनजर गर्दै मौजुदा कार्यक्रमहरुमा रहेका समस्याहरु पहिचान गर्ने र सोका लागि राय सुझाव संकलनका लागि यस आर्थिक वर्षमा सबै प्रदेश समेटिने गरी गोष्ठि संचालन गर्ने लक्ष्य राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS