काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.०८ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक १.८८ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा ८२ कम्पनीको शेयरभाउ बढ्दा १७५ कम्पनीको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ६ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः २४ करोड २२ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः २४ करोड २१ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २३ करोड ५७ लाख रुपैयाँ
- एसवाई प्यानलः २३ करोड ४८ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः २३ करोड ४६ लाख रुपैयाँ
- शिवम सिमेन्टः २१ करोड ६४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड ४७ लाख रुपैयाँ
- रिडी पावरः १८ करोड ६० लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १७ करोड ८५ लाख रुपैयाँ
- शिवश्री हाइड्रोपावरः १४ करोड ८७ लाख रुपैयाँ












