IME Life New

शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ६१ अंकले घटेर २,७५७ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको हो ।

आज दिनभरिमा ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै भुजुङ हाइड्रोपावर, स्वेत गंगा र सुपर खुदीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिज लाइनका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत र सूर्यकुण्ड हाइड्रोपावरका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिए ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS