IME Life New

इन्धन संकटः आवश्यक परे जोर-बिजोर प्रणाली, ‘वर्क फ्रम होम’का लागि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले इन्धन संकटलाई ध्यानमा राखेर आवश्यक परेको खण्डमा यातायात सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने संकेत गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठक निर्णयबारे जानकारी गराउने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरिसकेको भन्दै यस्तो संकेत दिएकी हुन्। ‘पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न सरकारले विशेष नीतिगत निर्णय लिएको छ’, उनले भनिन्।

Esewa
Crest

इन्धन संकटलाई ध्यानमा राखेर सरकारले यसअघि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरिसकेको छ। उता सरकारी उच्च पदस्थ कर्मचारीहरुको इन्धन सुविधामा पनि सरकारले व्यापक कटौती गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय छ। नेपाल सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको तथ्यांक मन्त्रीले रावलले प्रस्तुत गरिन्।

रावलका अनुसार इन्धन संकटलाई ध्यानमा राखेर सरकारले सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न सक्ने बताइन्। ‘ईभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति सरकारले अघि सारेको छ’, उनले भने, ‘वर्क फ्रम होमका लाग सरकारले आह्वान गरेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS