काठमाडौं । नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानीलाई बढावा दिइरहेको छ। विद्युतीय भुक्तानीको एउटा महत्वपूर्ण औजार भनेको भुक्तानी कार्ड हो।
विद्युती भुक्तानी कार्डबाट विभिन्न वित्तीय गतिविधि गर्न सकिन्छ। यसबारेमा प्रस्ट पार्न आज राष्ट्र बैंकले सचेतनामूलक सन्देश पनि जारी गरेको छ।
केन्द्रीय बैंकबाट अनुमति प्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको सुविधाका लागि भुक्तानी कार्ड (प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड)बाट निम्नलिखि सेवा लिन सकिन्छः
- खातामा रहेको मौज्दात तथा कारोबारसम्बन्धी विवरण उपलब्ध गराउने।
- एटीएम वा क्यास डिपोजिट मेसिनबाट नगद कारोबार गर्ने।
- वस्तु खरिद वा सेवा उपभोग गरेबापतको रकम पीओएस, पोओटी मेसिन, इन्टरनेट वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्ने।
- विद्युतीय माध्यमबाट तेस्रो पक्षको खातामा रकमान्तर गर्ने।
विद्युतीय कारोबार गर्दा सोसम्बन्धी विषयमा जानकारी राख्न पनि राष्ट्र बैंकले सचेत गराएको छ।












