IME Life New

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपीओएसमार्फत रणनीतिक साझेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज (यससीटी)ले सिटीटेक ग्रुप प्रालिसँग डिजिटल भुक्तानी क्षेत्र का लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न गरेको छ । यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार (फिनपीओएस) प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

यस साझेदारी पश्चात् सिटी टेक को हार्डवेयर फिनपीओएस) मा (एससीटी)को प्लेटफर्म मार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ जसमा विभिन्न कार्ड स्किम हरु तथा डाइनामिक क्युआरका लागि स्मार्ट क्यूआर मार्फत  डिजिटल भुक्तानी लाई सपोर्ट हुनेछ ।

Esewa
Crest

यस साझेदारीमार्फत एससीटीको सशक्त भुक्तानी पूर्वाधारलाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य डिभाइस  उपलब्ध गराइनेछ।

पीओएस अक्वाइरिङ व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु यो सेवाबाट लाभान्वित हुन सक्ने छन् । कार्ड स्किमहरुको छुट्टाछुट्टै सदस्यता ,प्रविधि मा गर्नु पर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नु नपर्ने हुनाले ले यी संस्थाहरुका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहने छ ।

एससीटी डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धन गर्न निरन्तर प्रतिबद्ध रहेको छ।  फिनपीओएससँगको साझेदारी यसै प्रतिबद्धताको एक महत्वपूर्ण कदम हो।

एससीटीले हाल २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS