काठमाडौं । इरान र अमेरिका÷इजरायलबीचको ऊर्जा संकटले सम्पूर्ण विश्वलाई असर गरेको छ। होर्मुज स्ट्रेटमा अवरोधले कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। जसले ऊर्जा प्रवाहको लागि ५ स्ट्रेट प्रणालीमा विश्वको भारी निर्भरतालाई प्रकाश पारेको छ।
होर्मुज स्ट्रेटजस्तै बाब अल–मन्डब, मलाक्का, सुएज र टर्किए स्ट्रेटले तेलको उल्लेखनीय मात्रा ह्यान्डल गर्छन्। दैनिक औसत ६ करोड ब्यारेल कच्चा तेल यी समुद्रीमार्गबाट गुज्रन्छ। सानो अवरोधले पनि मूल्यमा वृद्धि हुन सक्छ।
होर्मुजको स्ट्रेट
होर्मुज इरान युद्धको कारणले सबैभन्दा बढी समाचारमा छ। यो फारसी खाडीलाई ओमानको खाडीसँग जोड्ने सबैभन्दा महत्वपूर्ण समुद्रीमार्ग हो। लगभग २० देखि २१ मिलियन ब्यारेल कच्चा तेल र पेट्रोलियम उत्पादन यसबाट दैनिक गुज्रन्छन्। जसले समुद्री तेल व्यापारको लगभग २० देखि २५ प्रतिशत हिस्सा ओगटेको छ। यसैकारण यसलाई इतिहासको सबैभन्दा ठूलो तेल संकट मानिन्छ।
टर्किए स्ट्रेट
यो समुद्रीमार्गले भूमध्यसागरलाई कालो सागरसँग जोड्छ। यसले दैनिक ३० लाख ब्यारेल तेल ह्यान्डल गर्छ। कुनै पनि अवरोधले युरोपेली देशहरुमा मूल्यमा वृद्धि निम्त्याउँछ। टर्कीले सन् १९३६ को सन्धिअनुसार यसलाई नियन्त्रण गर्छ। यो रुस, युक्रेन, बुल्गेरिया र रोमानियाजस्ता देशका लागि महत्वपूर्ण मानिन्छ।
सुएज नहर
यसले भूमध्यसागरलाई लाल सागरसँग जोड्छ। सुएज नहरले विश्वको समुद्री तेलको लगभग १० प्रतिशत बोक्छ। हुथीहरुले यस समुद्रीमार्गबाट जहाजहरुको आवागमनमा पनि बाधा पुर्याउँछन्, जसले गर्दा संकट सिर्जना हुन्छ। यो १९३ किलोमिटर लामो नहर युरोप र एसियाबीचको व्यापारका लागि एक महत्वपूर्ण मार्ग हो। यो सन् १९६७ र १९७५ को बीचमा अरब–इजरायली युद्धका कारण बन्द भएको थियो।
मलाक्का स्ट्रेट
यो विश्वको सबैभन्दा व्यस्त मार्ग हो। विश्वको कच्चा तेल प्रवाहको २२ देखि २९ प्रतिशत यसबाट आउँछ। जसमा दैनिक २ करोड ३२ लाख ब्यारेल कच्चा तेल आउँछ। एसियामा रिपोर्ट गरिएका सबै डकैतीका घटनाहरुमध्ये ८२ प्रतिशत यहाँ हुन्छन्। यो हिन्द महासागर र प्रशान्त महासागरबीचको सबैभन्दा छोटो समुद्रीमार्ग हो।
बाब अल–मन्दब स्ट्रेट
यो समुद्रीमार्गले लाल सागरलाई अरब सागरसँग जोड्छ। विश्वको लगभग १० प्रतिशत कच्चा तेल यही चोकप्वइन्टबाट ढुवानी गरिन्छ। इरानी समर्थित हुथीहरुले बारम्बार ढुवानी अवरुद्ध गरेका छन्। यो मार्ग तेलका साथै एलएनजी, मल, कृषि वस्तु र उत्पादित सामानहरुको आवागमनका लागि महत्वपूर्ण छ। –एजेन्सी












