IME Life New

महासंघको जिल्लानगर उपाध्यक्षका उम्मेदवार दिल सुन्दर श्रेष्ठः ४० वर्षको व्यावसायिक अनुभवी सफल व्यवसायी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपालको व्यावसायिक जगतमा अनवरत रुपमा ४० वर्षदेखि सक्रिय रहेका दिल सुन्दर श्रेष्ठ केवल सफल व्यवसायीमात्र नभई समाज, शिक्षा, साहित्य र व्यावसायिक क्षेत्रमा योगदान पुर्याइरहेका व्यक्तित्व हुन्। चार दशकको व्यवसायिक जीवनमा उनी व्यक्तिगत लाभभन्दा बढी ‘समाज र मुलुकलाई हरतर्फ योगदान दिनुपर्छ’ भन्ने उद्देश्यका साथ अघि बढेका उनको ४० वर्षे व्यावसायिक र सामाजिक जीवनमा देख्न सकिन्छ। त्यसैले उनी केवल व्यक्तिगत स्तरमा सीमित नभई सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा साहित्यिक क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा काम गर्दै देश विकासमा योगदान दिँदै आएका व्यक्तिव हुन।

श्रेष्ठ बुबा कृष्ण सुन्दर श्रेष्ठ र आमा कृष्ण प्यारी श्रेष्ठको कोखबाट २०१३ वैशाख १६ गते काभ्रेको धुलिखेलमा जन्मिएका थिए। प्रारम्भिक विद्यालय शिक्षा पूर्वी पहाडी जिल्ला संखुवासभाबाट प्राप्त गरेका उनले आफ्नो जन्म दिने आमाबुवाप्रति सदैव गर्व व्यक्त गर्छन्। उनी भन्छन्, ‘मेरो हरेक पाइलामा सफलता पाउनमा मेरो अभिभावकले देखाएको सही बाटोको योगदान अमूल्य छ।’

Esewa
Crest

उच्च शिक्षा हासिल गर्न काठमाडौँ आएका श्रेष्ठले शंकरदेव कलेजबाट स्नातक तह पुरा गरेका छन्। व्यवस्थापन विषय अध्ययन गरेका र उनी लगनशील व्यक्तित्व र व्यसायप्रतिको लगावका कारण उनले आफ्नो शैक्षिक योग्यतालाई व्यवहारमा परिणत गर्दै व्यावसायिक क्षेत्रमा लाग्ने निर्णय गरे।

व्यावसायिक जीवनका उकाली–ओराली

ग्रामीण क्षेत्र उदयपुरको कटारीबाट व्यवसायिक जीवन प्रारम्भ गरेका श्रेष्ठ इन्टरप्राइजेज, बैंकिङ, टेक्सटाइल, समुन्द्रपार आयात–निर्यात र जलविद्युत क्षेत्रमा लगानी गरी आज राष्ट्रिय रुपमा स्थापित व्यक्तिका रुपमा रहेका छन्। राष्ट्रिय रुपमा समुन्द्रपार आयात–निर्यात व्यवसाय सुरु गरेका उनी आज बहुक्षेत्रका स्थापित ब्यासायीका रुपमा आफ्नो परिचय बनाएका छन्।

श्रेष्ठ अन्य व्यासायिक क्षेत्रमाआ फ्नो लगानी हुँदा–हुँदै पनि नाफाका लागिमात्र नभएर स्रोत पनि आफ्नै साधन पनि आफ्नै र उपभोगकर्ता पनि स्वदेशी, दक्षजनशक्ति, श्रमिकलगायतका सम्पूर्ण व्यक्तिहरु पनि आफ्नै नेपाली दाजुभाइ भएसँगै उनले जलविद्युत क्षेत्रमा लगानी गरेको बताए। उनले आफ्नो प्रत्यक्ष नेतृत्वमा आरएम इन्भेस्टमेन्ट लिमिटेड स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरे। यो समूहअन्तर्गत हाल करिव ६०० मेगावाट क्षमताका जलविद्युत परियोजना सञ्चालनमा छन्।

कतिपय आयोजनाको व्यासायिक उत्पादन सुरु भएको छ बने कतिपय निर्माणको चरणमा छन्। यस समूहका परियोजनामा धुसाखोला हाइड्रोपावर (१५५ मेगावाट), बलेफी हाइड्रोपावर, विन्ध्वासिनी हाइड्रोपावर र पिपल्स हाइड्रोपावर कम्पनीलगायत छन्। श्रेष्ठको व्यावसायिक जीवन गाउँ र सहर दुवैतिर समानन्तर रुपमा बढाएका छन्। यसबाट उनी गाउँ–सहर दुवैको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले काम गरिरकेका छन् भन्ने देख्न सकिन्छ।

यसैको ज्वलन्त उदाहरण २० वर्षअघि श्रेष्ठले आफ्नो नेतृत्वमा स्थापना गरेको अरनिको विकास बैंकलाई बुझ्न सकिन्छ। उनले स्थापना गरेको बैंकको केन्द्र कार्यलय र शाखा कार्यालय नै काठमाडौंबाहिर राखेका थिए। उनले त्यो समयमा बैंक तथा वित्तीय संस्था नपुगेको काभ्रे र सिन्धुलीलाई आफ्नो बैंको प्रमुख कार्यक्षेत्र बनाएर ग्रामीण क्षेत्रको वित्तीय पहुँच विस्तार र रोजगारी सिर्जनाका लागि योगदान गरेका थिए। यो बैंक अहिले नेपाल राष्ट्र बैंको नीतिअनुसार सेन्चुरी कमर्सियल हुँदै बैंकमा गाभिएको छ।

व्यावसायिक सिद्धान्त र जीवनशैली

सरल, सहज र विनम्र स्वभावका श्रेष्ठले कहिल्यै व्यासायिक जीवन या व्यक्तिगत जीवनमा दम्भ देखाएनन्। आफूलाई भुइँमान्छेको प्रतिनिधिका रुपमा स्थापित गरिरहेका छन्। उनी गाउँ–सहर सबैसँग सौहार्दपूर्ण सम्बन्ध राख्छन्। उनको सम्बन्ध यस्तो छ कि आजको दिनमा देशभरिबाट पनि नयाँ व्यवसाय सञ्चालन गर्नेदेखि ठूला व्यवसायीसम्म सबैले सल्लाह लिन उनीसँग आउने गरेका छन्।

श्रेष्ठ नेपालको पूर्वी पहाडी जिल्ला उदयपुरको कटारीमा व्यवसाय गर्दा उनको सम्पर्क भएका र संगतमा आई उनको प्रभावबाट व्यवसायी बनेका सोलु, खोटाङ र ओखलढुंगामा सफल व्यवसायी बनेका कतिपय उदाहरण आजको दिनमा पनि जीवन्त रहेको देख्न सकिन्छ। उनको यो निरन्तरता आज पनि कायम छ। उनको संगतमा पुगेका र व्यवसाय गरेका कोही पनि मानिस असफल बनेको छैन। उनी कसैँलाई पनि सानो–ठूला व्यवहार गर्दैन। समान व्यवहार गर्छन्। कसैले कुनै समस्या राखेमा ‘यो मेरो पनि समस्या हो’ भनी समाधानको प्रयत्न गर्छन्। उनी आफूसँगै आफ्नो टिमलाई नै सफल व्यवसायी बनाएका व्यवसायी हुन्। उनको व्यवसायमा सामूहिकता देखिन्छ।

श्रेष्ठका अनुसार जीवनमा कहिल्यै दम्भ र आडम्बर राख्नु हुँदैन किनकि यसले आफैँलाई हानी गर्छ। त्यही सरल स्वभाव व्यावसायिक दक्षता मिजासिलोपनाका कारण उनी व्यावसायिक जीवनदेखि नै व्यवसायीले विश्वास गरेकै कारण नेतृत्वमा अनवरत रुपमा रहेका छन्। त्यसैको प्रतिफल स्वरुप आज उनी नेपालको स्थापित व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगरतर्फको उपाध्यक्षका उम्मेदवार बनेर देशव्यापी रुपमा चुनावी अभियानमा व्यस्त छन्।

श्रेष्ठको व्यावसायिक दृष्टिकोण सधैँ समुदायको आर्थिक तथा सामाजिक विकाससँग जोडिएको देखिन्छ। उनी गाउँ र सहरको समन्वयमा विकास हुनुपर्ने विश्वास राख्छन्।

श्रेष्ठको व्यावसायिक सफलता नेतृत्व कौशलता समन्यकारी भूमिकाकै कारण सधैँभरि व्यावसायिक नेतृत्वको आँखामा पर्छन् र व्यवसायीको निर्वाचनमा उनलाई आफ्नो समूहमा लिन प्रतिस्पार्धा नै चल्छ। उनी निःस्वार्थ सहयोगी व्यवसायीका रुपमा चिनिन्छन्। कुनै पनि व्यवसायीले आफ्नो वा संस्थाको समस्याका बारेमा सहयोग मागेमा राज्य तहमा आफ्ना कुरा पुर्याउने र समाधान गराउने विषय जुनसजुकै कुरामा सहज रुपमा उपस्थित भएर काम गर्ने उनको परिचय हो। उनको यही सरलपना, सहयोगी भावना आफ्ना र व्यवसायका कुरा जुनसुकै तह र व्यक्तिमा पुर्याउन सक्ने क्षमताका कारण जिल्ला नगरका व्यवसायीको पहिलो रोजाइमा उनी पर्ने गरेका छन्।

राष्ट्रिय उद्यमीका रुपमा स्थापित रहँदा पनि श्रेष्ठले ४० वर्षअघि आफूलाई व्यवसायीको नेतृत्वमा स्थापित गराएको पृष्ठभूमि जिल्ला नगर उद्योगीका नेताका रुपमा पहिचान कायम राक्दै नेतृत्व गरिरहेका छन्। विगतमा पनि उनी महासंघको नेतृत्वमा आउँदा जिल्ला नगरको प्रतिनिधिका रुपमा आउने गरेका छन्।

सामाजिक जीवन, साहित्यिक क्षेत्र र पत्रकारिता

श्रेष्ठले समाजसेवा र साहित्यमा पनि योगदान दिएका छन्। उनले ४० को दशकमा नेपालमा लोकप्रिय स्थापित साहित्यिक पत्रिका गरिमा त्रैमासिक पत्रिकाको प्रकाशक सम्पादक भएर काम गरेका छन्। जुन पत्रिका आज पनि उत्तिकै स्थापित छ। उनको यही साहित्य र पत्रकारिताको लगावकै कारण नेपालको स्थापित साहित्यकार पारिजातको योगदानलाई जीवन्त राख्न र समाजमा साहित्यको प्रभाव विस्तार गर्न स्थापित संस्था पारिजात स्मृति प्रतिष्ठानको महासचिव भएर भूमिका निर्वाह गरेका छन्।

श्रेष्ठको सामाजिक जीवन र समाजसेवा पनि उत्तिकै लगाव रहेको छ। त्यसैको उनी फलस्वरुप रोटरी क्लब धुलिखेलको अध्यक्ष (२००७–२००८) भएर सामज सेवाको काम गरेका थिए। उनी आज पनि उत्तिकै सेवाभावका साथ सक्रिय छन्। उनी सामाजिक र आर्थिक जीवनमा मात्र सीमित व्यक्तित्व नभएर शिक्षाप्रेमी पनि हुन्। उनको शिक्षाप्रतिको लगाव उत्तिकै छ।

श्रेष्ठ स्थानीयदेखि राष्ट्रियस्तरमा शिक्षामा चासो राख्छन्। शिक्षाप्रेमी भनेर पनि चिनिने श्रेष्ठले शिक्षा क्षेत्रमा पनि योगदान गरेका छन्। उनले धुलिखेलमा रहेको सञ्जीवनी क्याम्पसको अध्यक्ष भएर आफ्नो सफल कार्यकाल पूरा गरेका छन्।

श्रेष्ठलाई समाजमा हुने जुनसुकै संघ–संस्थाको नेतृत्व लिइदिन अनुरोध गर्छन्। उनी २०५९ सालदेखि ज्येष्ठ नागरिक सेवा केन्द्र (वृद्धाश्रम)को नेतृत्व आज पनि गरिरहेका छन्। शिक्षा र समाजप्रति उनी अत्यन्तै संवेदनशील र समर्पित छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS