काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी चेन्जरको लाइसेन्स रद्द गरेको छ।
केन्द्रीय बैंकको विराटनगर कार्यालयले दुई मनी चेन्जरको लाइसेन्स रद्द गरेको हो। यसरी लाइसेन्स रद्द हुनेमा विरानगर–१५ स्थित अमृत लक्ष्मी मनी चेन्जर र सुपर फाइन मनी चेन्जर छन्।
यी दुवै लाइसेन्स तोकिएको अवधिभित्र नवीकरण नगरिएकोले रद्द गर्नुपरेको केन्द्रीय बैंकले जनाएको छ।












